गत साता १३ जनाको मृत्यु भएको डोटीमा झाडापखालाबाट थप एकको मृत्यु

काठमाडौं  – डोटीमा झाडापखालाबाट थप एकको मृत्यु भएको छ । खातीवडा ८ का ७१ वर्षीय तित्ते लुहारको सोमबार मृत्यु भएको हो । झाडापखालाबाट गत साता १३ जनाको मृत्यु भएको थियो । भैरव गण डोटी स्वास्थ्य टोलीका अनुसार केही गाविसमा झाडापखालाको असर अझै रहेको छ । सानागाउँ, गाँजरी र खातीवडा गाविसमा झाडापखाला बिरामी रहेका छन् । सेनाको नेतृत्वमा रहेको टोलीले बिरामीको उपचार लगायतको सहयोग गर्दै आएको छ ।


जनाको मृत्यु भएको छ । खातीवडा ८ का ७१ वर्षीय तित्ते लुहारको सोमबार मृत्यु भएको हो । झाडापखालाबाट गत साता १३ जनाको मृत्यु भएको थियो । भैरव गण डोटी स्वास्थ्य टोलीका अनुसार केही गाविसमा झाडापखालाको असर अझै रहेको छ । सानागाउँ, गाँजरी र खातीवडा गाविसमा झाडापखाला बिरामी रहेका छन् । सेनाको नेतृत्वमा रहेको टोलीले बिरामीको उपचार लगायतको सहयोग गर्दै आएको छ ।

 

– RSS

अन्य समाचारहरु