पाल्पामा तीनदिनदेखि टेलिफोन अवरुद्ध

पाल्पाका झण्डै ६ सय ल्यान्डलाइन टेलिफोन सेवा तीन दिनदेखि अवरुद्ध छ । सोमबार देखि बिग्रिएको करिव ६ सय लाइन फोनमा इन्गेज टोन आउने र डायल गर्दा विजी देखाउने गरेको छ । 
टेलिफोनमा खरावी आएपछि सेवाग्राही मर्कामा परेका छन् । पाल्पामा रहेका ५ वटा एफएमको टेलिफोनमा आधारित कार्यक्रमहरु  रोकिएका छन् ।
रिङकार्ड बिग्रिएकाले टेलिफोनमा समस्या आएको टेलिकम पाल्पाले बताएको छ । टेलिकम कार्यालय पाल्पाका प्रमुख भगवानराम कलवारका अनुसार काठमाडौबाट रिङ कार्ड मगाएको  र आउने बित्तिकै मर्मत हुनेछ । मोवाइल सेवा भने सञ्चालन भइरहेको छ ।

अन्य समाचारहरु