रुकुमको भेरी नदीमाथि पुल बने पछि सर्वसाधारणमा खुसी

पुल बने पछि  सर्वसाधारणमा  खुसियाली रुकुम । रुकुमको सानी भेरी नदीमाथि जिल्ला बिकास समिति रुकुमले पुल निमाण गरी दिएपछि यस भेगका सर्वसाधारणमा खुसी छाएको छ । बर्षौ बर्षदेखि बर्खाको उर्लदो भेल तरेर आवत जावत गर्न बाध्य सर्वसाधारण नदीमा पुल बने पछि हर्षित बनेका हुन् । दैनिक खोला तरेर वारापार गर्नुपर्दा यस भेगका बिद्यार्थी बढी जोखिममा रहेका थिए ।


पुल नहुंदा त्यस क्षेत्रका बिद्यार्थीहरुले पौडी खेलेर वारपार गर्दा कापि किताब भेरीमै बगाउने तथा कतिको ज्यान समेत जाने गरेको थियो । गरायलाको प्रियतरा र छिबाङ्गको खेताकुनामा पुल बने पछि अहिले दुलि, गरायला, झुला लगाएतका गाबिसका सर्वसाधारणलाई आवत जावत गर्न सजिलो भएको छ ।

 

उक्त ठाउमा पुल नहुदा ३ गाबिसका सर्बसाधारण २ धन्टाको पैदल दुरी हिडेर सिम्ली वा गाराघाट जानु पर्ने बाध्यता थियो ।

 

– RSS

अन्य समाचारहरु