अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल शुरु गर्न माग गर्दै पोखराका सबै एफएमहरु ५ मिनेट बन्द

कास्की । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तत्काल शुरु गर्न माग गर्दै शुरु भएको अभियान अन्तर्गत पोखराका एफएम रेडियोहरुले आज एक साथ प्रशारण रोकेका छन् ।

 

बिमानस्थल निर्माण सरोकार समितिको आग्रहमा पोखरामा संचालित सवै रेडियोहरुले बिहान १० बजे ५ मिनेटका लागि रेडियोको प्रशारण बन्द गरेका हुन ।

त्यस्तै, सोही अभियानलाई साथ दिंदै पोखराका ट्याक्सीहरुले पनि आजै विहान पोखरा बिमानस्थल घेरेका थिए ।

 

– RSS

अन्य समाचारहरु