– पशुपति श्रेष्ठ
दोहा कतार – मुस्लिम धर्मबलम्बीहरूको महान पर्व इदको शुभ अवसरमा कतारको साइलिया स्थित बुटेक कम्पनीका नवगठित युवा समूहले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा गुल्मी सेवा समाज दोहा कतारले प्रथम स्थान हाशिल गरेको समाजका सहसचिव लिलामणि पन्थिले जानकारी दिनुभयो ।
खेलको फाईनल चरणमा म्याग्दीलाई हराउदै प्रथम स्थान सहित खशी, नगद र प्रमाण पत्र हात पारेको हो। सो खेलमा सहभागी बिभिन्न १६ टिमहरूलाई पछाडी पार्दै उत्कृष्ट खेल प्रदशन गरेको गुल्मिले । खेल अत्यन्तै रोचक एवम उत्साह
जनक भएको थियो ।
खेल हेर्न उपस्थित भएका बिभिन्न बुद्धिजिवि, बिशिष्ट व्यक्तित्व्, पत्रकार्, लगायत दर्शकहरुले खेल मैदान खचा-खच भरिएको थियो । अत्यधिक गर्मीका कारण खेल रातको समयमा सन्चालन गरिएको थियो।