यएईमा समाजसेबी मानबहादुर थापा सम्मानित

– राजु खडका


अर्घाखाँची टाइम्स युएई डेस्क ! २४ अगस्त शुक्रबारका दिन दुबईको बरदुबईमा समाजसेबीतथा पत्राकार श्री मान बहादुर थापा ज्यूको सम्मान बिदाई कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम सिन्ध पन्जाब रेष्टुरेन्टमा बाग्लुङ सेवा समाज युएईले आयोजना गरेको थियो ।

 


 

बाग्लुङ स्थायि घर भई विगत १३ बर्षदेखि रोजगारीको सिलसिलामा दुबईमा रहँदै आउनु भएका थापा नेपाली समुदाय माझ अति नै लोकपि्रय र सकि्रय रहदै आउन भएको छ । नेपालीहरुमाझ उहाँले गर्दै आउनुभएको समाज सेवा र पत्रकारीताको क्षेत्रमा उहाँले पुर् याएको योगदान कदरयोग्य रहेको छ ।

 


 

उक्त सम्मान तथा बिदाई कार्यक्रमा बाग्लुङ सेवा समाज अर्घाखाँची सम्पर्क समिति तथा नेपाली समाचार पाक्षिकले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  कार्यक्रममा बाग्लुङ सेवा समाजका अध्यक्ष श्री गोपाल कंडेल सचिव श्री केदार िसंह नेपाली उपाध्यक्ष श्री पुर्ण सापकोटा तथा कृष्ण केसि कोषाध्यक्ष श्री पिताम्बर पाण्डे तथा  सल्लाहकार श्री चित्र केसिको उपस्थिति रहेको थियो भने अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष श्री राजु खडका महासचिव श्री चिरक केसि सल्लाहकार श्री चन्द्र सारु मगर श्री बिष्णु आचार्य तथा दुबई क्षेत्रिय समितिका अध्यक्ष श्री बाबुराम पौडेलको सहभागिता रहेको थियो । कार्यक्रमा नेपाली समाचार पाक्षिकका सम्पादक श्री लालबहादुर  ढेगा र भुपराज बस्यालको पनि रहनु भएको थियो ।

 


 

कार्यक्रममा बोल्दै सेवा समाजका अध्यक्ष श्री कडेलले समाज एक्लैले चल्दैन हामी सबै मिलेर जानुपर्दछ । आजसम्म गरेका कार्यक्रमहरु जसरी सफल भएका छन यसैगरी आगामी दिनहरुमा पनि मिलेर अगाडि बढनु पर्दछ भन्दै समाजसेबी मानबहादुरले देखाउनु भएको बाटो र उहाँले रोपेकोबाग्लुङ सेवा समाजको बिरुवालाई सफल बनाउन हर सम्भव अगाडि बढाउने प्रयास गरिने छ भन्दै उहाँको समाजसेवा प्रतिको लगावको प्रशंसा गर्नु भएको थियो । अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष श्री राजु खडकाले समाजसेवी तथा पत्राकार मान बहादुर थापाबाट हामीले पनि धेरै पाठ सिक्नुपर्ने बताउनु भयो ।

 


 

युएईमा रहेर सामाजिक सेवामा उहाँले गरेको लगानीको प्रशंसा गर्दै्र जसरी आज सम्मानित हुने अवसर पाउनु भयो यसैगरी सम्पुर्ण बाग्लुङबासीलाई पनि मानबहादुर जस्तो समाजसेवि बन्नका लागि शुभकामना दिनु भयो । कार्यक्रममा बाग्लुङ सेवा समाजका केन्द्रिय तथा क्षेत्रिय पदाधिकारीहरु गितामणी पाण्डे पुर्ण सापकोटा चित्र केसि तथा अर्घाखाँची सम्पर्क समितिका सल्लाहकार चन्द्र सारु मगरले र पत्रकार लाल बहादुर ढेगाले पनि आफ्नो मन्तव्य राख्न भएको थियो ।