-राजु खडका
दुबई – अगस्ट २३ शुक्रबारका दिन युएईको दुबई स्थिति जाविल पार्कमा लुम्बिनी वेलफेयर सोसाइटिले आयोजना गरेको चियापान कार्यक्रम सुसम्पन्न भएको छ ।
कार्यक्रम कार्यवाहक महासचिव श्री बिजयराज पाण्डेले संचालन गर्दै सभापति श्री डि एल शर्माले सभापतित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा भुतपुर्व सल्लाहकार श्री बसन्त खडका श्री नारायण बि.सि अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष श्री राजु खडका महासचिव श्री चिरन के सि तथा अर्घाखाँची सम्पर्क समितिका दुबई क्षेत्रिय समितिका अध्यक्ष श्री बाबुराम पौड्याल तथा अर्घाखाँची अनलाईनका सम्पादन श्री कृष्ण बिक नेपाली समाज युएईका भुतपुर्व महासचिव श्री नारायण अधिकारी पत्रकार तथा नेपाली समाचार युएईका सम्पादन श्री लालबहादर ढेंगा लगाएत कपिलबस्तु पाल्पा नवलपरासि लगाएत गुल्मीका बिभिन्न संघ सस्थामा आबद्ध हुनुभएका साथिहरुको उपस्थिति रहेको थियो ।

उक्तकार्यक्रमाबोल्दै महासचिवश्री बिजयराज पाण्डेले बिगतका दिनहरुमा लुम्बिनी वेलफेयर सोसाइटिले गरेका कि्रयाकलाप सहयोगहरुको बिवरण पस्तुत गर्नु भएको थियो भने अध्यक्ष श्री डि एल शर्माले यसलाई बिश्वव्यापि रुपमा फैलाउने कार्यक्रम जोडतोडका साथ भइरहेको जानकरी दिनुभयो । यसले आगामि दिनहरुमा अझ बढि कि्रयाशिल हुदै युएई देखि नेपालसम्म आइपर्ने समस्याहरुमा पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । हाल सोसाइटिका केहि पदहरु रिक्त हुन गएकाले आगामी शुक्रबारका दिन बरदुबईको रेष्टुरेन्टमा मिटिङ राखि पदपुर्ति गरिने कुराको जानकारी दिनुभयो । पदपुर्तिकालागि कपिलबस्तुबाट श्री हरि घिमिरे अर्घाखाँची जिल्लाबाट श्री बसन्त खडका पाल्पाबाट श्री खेमराज गुल्मीबाट श्री राजु परियार नवरपरासिबाट श्री बिष्णुहरी सुबेदीतथा रुपन्देहिबाट श्री हरिप्रसाद जेसवाललाई मनोनयनगरिएको छ ।
अन्त्यमा सम्र्पुण आगन्तुकहरुलाई चियापानको व्यावस्था गराई अर्को शुक्रबार हुने पदपुर्ति सम्बन्धी कार्यक्रको लागिबिजयराज पाण्डे ज्युलाई जानकारी दिदै अध्यक्ष श्री डि एल शर्मा्रलेकार्यक्रम समापन गर्नु भएको थियो ।