घोराहि दाङमा राहतमा रोकिएको शौचालय वनाउने अभियान तिव्र

– गोविन्द खड्का


घोराहि दाङ १५ भदौ । अनेकौँ संघ संस्था तथा दाताहरुले छिटफुट रुपमा सहयोग दिएर वानी विगारेको घोराहि नगरपालिकाको शौचालय वनाउने अभियान तिव्ररुपमा वढेको घोराहि नगरपालिकाले जनाएको छ ।


केहिलाई संघ संस्थाले सिट पाईप राहतको रुपमा दिएको केहिलाई नगरपालिकाले पनि सहयोग गरेको त्यहि आशामा वाँकिले वनाउने काम रोकेको अवस्था आफुले भेटाएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सव ईन्जिनियर गजेन्द्र वहकरीले जानकारी दिनुभयो । यहाँ केहिले राहत पाएको हुनाले सवैले पाउने आशा गरेर समस्या वनाएको देखियो ।ु वहकरीले भन्नुभयो  नगरपालीकाका पाँच वडामा टि्रगरीङ चलाई सक्नुभएका वहकरीले कार्यक्रममा सहभागिले शौचालय वनाउनै पर्ने रहेछ भनेर पछुताउने वातावरण वनाएको जानकारी दिनुभयो । दिसा कसरी मुख सम्म पुग्छ  सावुन पानीले हात कसरी धुने ईज्जत संग कसरी शौचालय जोडिन्छ  शौचालय नवनाउँदा असर कहाँ कहाँ पर्छ  जस्ता कुरा सिकाईएको वहाँको भनाई छ ।


यसो त अभियानमा वालवालिकालाई पनि प्रयोगमा ल्याईएको छ । वाल कलवहरुलाई संयोजन गरी रहनुभएका अरुण पन्थिका अनुशार सवैले घर घरमा शौचालय वनाउन दवाव दिईरहेका छन् । आफ्ना अभिवावकलाई शौचालय वनाउन दावव दिने गर्छन् । साथै विभिन्न ठाउँमा चेतनामुलक नाटक लगाएत कार्यक्रम चलाएका छन् ।ु पन्थिले भन्नुभयो वहाँका अनुशार नगरपालीका भित्रका १ सय ४५ वटा वालकलव सकृय वनाईको छ । वालकलवमा समेटिएका ३ हजार ६ सय २५ जना सदस्यले कार्यक्रममा प्रत्यक्ष सहयोग गरेका छन् ।


त्यसो त सन् २०१३ भित्र नगरपालिकालाई खुलादिसा मुक्त क्षेत्र घोषणा गरी सक्ने घोराहि नगरपालीकाका वातावरण शाखा अधिकृत सुवोध रेग्मीले वताउनुभयो । वहाँका अनुशार प्रत्यक टोलविकास संस्थाहरुले यस पटक चासो देखाएका छन् । भने तिस जना वोलाएको अभिमुखिकरणमा ३ सय जना सहभागिहुन थालेकाले पनि नगरपालिका उत्साहित भएको वताउनुभयो । कार्यकारी अधिकृत नेव बहादुर ओली कार्यक्रम स्थलमा गएर शौचालय वनाउने प्रतिवद्धता जनाउनेलाई अविर लगाएर स्वागत गरेकाले पनि खुला दिसामुक्त अभियानमा उत्साहको वातावरण तयार भएको वताउनुभयो । नगरपालीकाका २ ३ ५ ६ र ७ नम्वर वडामा हालै भएका चेतनामुलक टि्रगरीङ कार्यक्रममा प्रत्यक कार्यक्रममा कम्तीमा ५ जना सहभागिले एक महिना भित्र शौचालय वनाउने प्रतिवद्धता जनाउने गरेको रेग्मीको भनाई छ ।

 

शौचालय आफ्ना लागि रहेछ । यो आफैले वनाउनु पर्छ । स्वस्थ हुनलाई दाता पर्खिनुहुन्न भन्ने धारणा वसाल्न सकिएको छ । नगरपालिका वाट कुनै सहयोग हुन्न भन्ने घरघरमा जानकारी गराईएको छ । खुलादिसा मुक्त अभियान अव तिव्रताका साथ अघि वढ्छ । अधिकृत रेग्मीले भन्नुभयो ।

अन्य समाचारहरु