– उमाकान्त पाण्डे गाउंले – काठमाण्डौ
सम्युत्त अरब एमिरेट्स यूएईमा तीज मनाउन अर्घाखाँचीकी कलाकार सम्झना लामिछाने मगर आज दुबइ प्रस्थान गरेकी छन । नेपाली समय अनुसार अहिले राती १० बजेर १५ मिनेटको फ्लाई दुबइ मार्फतको उडान बाट उनी दुबइका लागि उडेकी हुन ।
सम्युत्त अरब एमिरेट्स यूएईका बिभिन्न शहरमा आयोजना गरिएका तीज बिशेष सास्कृतिक कार्यक्रमका लागि सम्झना त्यस तर्फ लागेकी हुन ।
सयुत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा आगामी ७ सेप्टेम्बरमा नेपाली जनसंपर्क समिती यूएई आबुधाबी क्षेत्रीय समिति द्वारा आयोजना गरिएको कार्यक्रम उनी सहभागी हुनेछिन । त्यस्तै सेप्टेम्बर १४ मा कल्याणकारी समिति यूएईले आयोजना गरेको तीज बिशेष “दिलशोभा आमाघर” सहयोग कार्यक्रममा समेत उनी सहभागी हुनेछिन ।
दुबइमा हुने बिभिन्न सास्कृतिक कार्यक्रम सगैं कलाकार लामीछाने मगरले त्यहा रहेका नेपालीमाझ भेटघाट समेत गर्नेछिन । कलाकार मगर अर्घाखाँचीको जुकेनामा जन्मेकी हुन भने उनका स्वरमा सयौ लोक तथा तीजी भाका बजारमा यस् अघी नै आईसकेका छन ।
अर्घाखाँची, जुकेना-९ शिवदहमा जन्मेहुर्केकी कलाकार सम्झना अहिले काठमान्डौको एक दोहोरी साझमा समेत कार्यरत छिन ।
सम्झना सम्युत्त अरब एमिरेट्स यूएईको दुबइ स्थित अन्तरास्ट्रिय बिमानस्थल नम्बर २ मा त्यहाको स्थानीय समय अनुसार रातीको १ बजेर २० मिनेट जादा अवतरण गर्नेछिन । उनलाई त्यहा स्वागतका लागि अर्घाखाँची संपर्क समितिका अध्यक्ष तथा अर्घाखाँची डट्कम् दुबइ प्रतिनिधि राजु खड्का , नेपाली जनसम्पर्क समितिका अध्यक्ष चित्र केसी , तथा कल्याणकारी समिति यूएईकी अध्यक्ष ममता बिष्ट लगायत कार्यक्रम आयोजक समन्वयब टोली अहिले बिमानस्थलमा पुगेको कार्यक्रम सयोजक बबिता रासकोटी मगरले जानकारी दिएकी छ्न ।
सम्झनालाई अर्घाखाँचीबाट यूएईमा आइ कार्यरत नेपालीले भेट्न पाउने कुराले गदगद पारीरहेको बुझिएको छ । उनलाई अर्घाखाँची सम्पर्क समितिले बिशेष सम्मान गर्ने जनाएको छ । साथै उनी सहभागीहुने हरेक कार्यक्रमको अर्घाखाँची डट्कम् मिडिया सहयोगीको रुपमा रहेको छ ।
यसैक्रममा अर्घाखाँची डट्कम् का लागि हाम्रा बिदेश बिभाग प्रमुख हाल नेपालमा रहनुभएका उमाकान्त पाण्डे गाउंलेले सम्झनाको जोडी सगं भलाकुसारी गर्नु भएको छ । दुई हप्ता अघी डट्कम् बिदेश प्रमुख “गाउंले” काठमान्डौमा रहदा लिएको सम्झना-वीरुसँग प्रणय वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
उमाकान्त पाण्डे गाउंलेले बाधेको भूमिका
कुनै बेला सम्झना लामिछाने मगर ‘सबलाई एक दिन बैंसले छुन्छ नि, काँडा पनि फूल जस्तै हुन्छ नि…’ भन्दै हिँड्थिन् । त्यस्तो बेला वीरु लामा गाइरहेका हुन्थे ‘गैरी झरौंला,ऐले बस्न यस्तै भो नीरमाया, फेरिफेरि आउँदै गरौंला…’ । उनीहरूको सपना यौटै भए पनि दोबाटो भेटिइसकेको थिएन । सँगै गाउँदै हिँड्दा दुवैले आफूलाई बैंसले छोएको थाहा पाए र दूरी मेटाउँदै गए । मगर्नी चेली र लामा चेलालाई यसरी संगीतले सधैंका लागि जोडिदियो । सम्झना अर्घाखाँची, जुकेना-९ शिवदहमा जन्मेहुर्केकी हुन् । वीरुको जन्मथलो हो