सिन्धुलीमा द्धन्दपिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

चीना थापा

रेडियो सिन्धुलीगढी सिन्धुली

 
नेपाल निजामति कर्मचारी युनियनको सातौ स्थापना दिबसको अवसरमा सिन्धुलीको बालमन्दिरमा अध्ययनरत द्धन्दपिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

 

एक कार्यक्रमका बिच १० जना बालबालिकालाई झोला कापी कलम  मसि लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि बेणीमाधब ज्ञवालीले कर्मचारीहरु राष्टसेवक भएकोले राज्यले दिएको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दायीत्व भन्दा बाहिर गएका कर्मचारीहरुलाई कर्तब्यको बिषयमा जानकारी गराउन कर्मचारी संगठनको भुमिका महत्वपुर्ण हुने उहाको भनाई छ ।

 

राज्यले कर्मचारीका लागि ल्याएको नितिलाई कर्मचारीले ब्यवहारमा उतार्न नसके प्रभाबकारी नहुनेमा जोड दिदै ज्ञवालीले कर्मचारीहरुलाई नागरीकको सेवामा लाग्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसादले लुईटेलले ब्यक्तिबादी संकारलाई हटाउनुपर्ने भन्दै सामुहिक रुपमा काम गर्नुपर्ने बताउनुभयो । द्धन्दपिडित बालबालिकालाई भौतीक सामागि्र भन्दा पिन मनोबैज्ञानीक रुपमा सहयोग गर्नुपर्ने उहाको धारणा छ ।

 

शैक्षिक सामाग्री बितरण कार्यक्रममा जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत सागर ढकाल महिला तथा बालबालिका कार्यालयका चन्द्रकला श्रेष्ठ नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष फणिन्द्र ढुंगेल  नेपाल निजामति युनियनका केन्द्रिय सदस्य गोपाल ढकाल नेपाली कांग्रेसका जिल्ला सचिब उपेन्द्र पाख्रेल लगाएतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु