पशुपती श्रेष्ठ
दोहा । नेपाल पत्रकार महासँघ कतार शाखाको चौथो अधिबेसन यही सेप्टेम्बर २१ तारिख शुक्रवार दोहा स्थित गोल्डेन फोर्क होटलमा हुनेभएको छ|
शान्ती र लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता भन्ने केन्द्रिय नारालाई आत्म सात गर्दै|नेपाल पत्रकार महासंघको नियम बमोजिम नया कार्यसमिती चयन गर्न संघले करिम बक्स मियाको सयोजकत्वमा पाच सदस्य अधिबेसन आयोजक समिती निर्माण गरेको छ।
जस्को सद्स्यहारुमा पत्रकारहरु रवी रोषी,खगेन्द्र कार्की,चिरन्जिवी तिम्सिना र प्रेम लामा रहेका छन|
सन २००६ मा नेपाल कतार पत्रकार सँगको नाम बाट स्थापना भइ सन २००९ बाट नेपाल पत्रकार महासँघको सम्बन्धन पाएको सो संघले अन्य बैदेसिक शाखाहरु सँग पनि समन्वय गर्दै आएको छ।