
साउथ लण्डनको एक कलेजले उल्लेख गरे अनुसार लण्डन मेट्रोपोलिटन युनिभर्सिटीले विदेशी विद्यार्थी पढाउन नपाउने भएपछि अलपत्र परेका ५ सय मध्ये २ सय विद्यार्थीहरुलाई साउथ लण्डन कलेजले भर्ना लिने भएको छ ।
प्राप्त समाचार अनुसार बेलायतमा उच्च शिक्षा र डिग्री हासिल गर्ने सपना बोकेर लण्डन मेट्रोपोलिटन युनिभर्सिटीमा अध्ययन गरिरहेका ५ सय नेपाली विद्यार्थीहरु मध्ये २ सय विद्यार्थीहरुलाई विषेश सहुलियतमा भर्ना लिई पठनपाठनको व्यवस्था मिलाउन कलेज व्यवस्थापन तयार भएको हो ।
साउथ लण्डन कलेजले बाँकी ३ समय विद्यार्थीलाई अन्य कलेजमा सार्ने र भर्ना प्रकृयाका लागि सहयोग गर्ने, विद्यार्थीहरुबीच छलफल गर्दै रहने र कानुनी सहयोगको लागि व्यवस्थासमेत मिलाउने जानकारी कलेजका प्रबन्ध निर्देशक राजन कँडेलले दिए ।
प्रबन्ध निर्देशक कँडेलले भने-