सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको लक्ष्मीपुर भन्ने ठाउँमा आज प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय इजहार पमरिया छन् । झडपमा ५ जना घाईते भएका छन् ।

 

 लक्ष्मीपुरमा विद्युतको सहज आपूर्तीको माग गर्दै स्थानीयवासीले बाटो अबरुद्ध पारेपछि बाटोल खुलाउन गएको प्रहरीसँग झडप भएको थियो ।


झडपका क्रममा स्थानीय वासिन्दाले प्रहरीको एउटा भ्यानमा आगजनी पनि गरेका थिए ।

 

– RSS

अन्य समाचारहरु