बुटवल – अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही जिल्लाको विस्तारित वैठकले प्रभा ढकालको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।
एमाओवादी अवध राज्य सम्मेलन आयोजक समितीका सचिवालय सदस्य तथा रुपन्देहीका निर्वतमान सेक्रेटरी यज्ञ पोख्रेलको प्रमुख आतिथ्यता तथा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सदस्य द्धय गिता गौडेल तथा आस्थाको आतिथ्यतामा भएको वैठकले सम्मेलनको लागी क्षेत्रीय संयोजक तथा इन्चार्ज समेत तोकेको छ ।
जस अनुसार निर्वाचन क्षेत्र नं १को संयोजकमा लक्ष्मी कडेल इन्चार्जमा निर्मला जिसी क्षेत्र नं २को संयोजकमा कमला थापा इन्चार्जमा मनिका यादव क्षेत्र नं ३ को संयोजकमा विमला चौधरी इन्चार्जमा गिता चापागाई क्षेत्र नं ४को संयोजकमा धनिकला कुँवर इन्चार्जमा अम्विका कडेल क्षेत्र नं ५को संयोजकमा दिपिका अर्याल क्षेत्र नं ६को इन्चार्जमा गंगोठी पाठक रहेकी छन ।
वैठकले इलाका क्षेत्र गाविस स्तरमा सम्मेलन गर्ने तथा सदस्यता वितरण कार्यलाई तिव्रता दिने निर्णय गरेको जनाईएको छ ।