चितवन । भाइरल ज्वरोका कारण गत साउनमा चितवन जिल्लामा चार जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ कार्यालयले जनाएको छ ।
चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एक जनाको मुत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनका भेक्ट्रोल कन्ट्रोलर राम केसीले जानकारी दिनुभयो ।
साउन यता चितवनमा डेंगीका १८ जना विरामी भेटिएका छन् । परीक्षण गरिएका २ सय ६९ जना मध्ये १८ जनामा डेंगी भेटिएको हो । RSS