विजय थापा
हाल भर्जिनिया ,सयुक्त राज्य अमेरिका
अमेरिकाको इन्डियानापोलिस-दक्षिण-पुर्बी क्षेत्रिय र मध्य-पश्चिमी दुई नेपाली संस्थाहरु Nepalese Association in Southeast America (NASeA) र Association of Nepalese in Midwest America (ANMA) को संयुक्त आयोजनामा अगस्ट ३१-सेप्टेम्बर २ तारिख बीच इन्डियाना राज्यको इन्डियानापोलिस शहरमा ८ औ सयुक्त सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ l समाज सेवा सबै भन्दा ठुलो धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै मुलुक बाहिर रहेता पनि समाज सेवामा पृथक पहिचान बनाउन सफल अनि आफु भित्र लुकेको जागृतिको दैलो खोल्ने बिष्णु माया परियारलाई उनीले गरेको सामाजिक सेवाको उच्च मुल्यांकन गर्दै उक्त संयुक्त सम्मेलनमा बार्षिक आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्दता गर्दै सम्मान स्वरूप कदर पत्र दिदै (Memorandum of Understanding) सहमति स्मृतिपत्रमा समेत हस्ताक्षर गरियो l
बिष्णु माया परियारद्वारा संचालित दुवै संस्थाहरुमा आर्थिक कोष वृद्धि तथा द्रव्य दान बिदेशी दात्री संस्थाहरुले सहयोग गर्दै आएकोमा अमेरिकामा रहेका तमाम नेपालीसघ तथा संस्थाहरु मध्ये यी दुई नेपाली संस्थाहरुले (NASeA) र (ANMA)ले सयुक्त रुपमा (EDWON) संस्था कि संस्थापक बिष्णु माया परियारलाई प्रथम पटक आर्थिक सहयोग गर्दै अमेरिकामा रहेका सम्पूर्ण नेपाली संस्थाहरुलाई उछिन्दै ईतिहास रचेको छ l यो उत्तम थालनीसंगै उत्तर अमेरिकामा रहेका अन्य नेपाली संघ तथा संस्थाहरुले पनि सहयोग गर्ने अभिरुची देखाएका छन l
उक्त संयुक्त सम्मेलनमा बिशिष्ठ अतिथीको रुपमा नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ,अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. शंकरप्रशाद शर्मा, भर्खरै संयुक्त राष्ट्र संघकालागि उपमहासचिबमा नियुक्त तथा नेपाली स्थाई प्रतिनिधी ज्ञानचन्द्र आचार्य तथा अन्य बिभिन्न गरिमामय व्यक्तित्वहरुको सहभागि रहेको थियो l
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाज सेवामा खेलेको अहम भूमिका प्रति बिष्णु माया परियारको खूब प्रसंशा गर्दै नेपाल र नेपालीको शिर उच्च राखेको भन्दै शुभ कामना दिनु भएको थियो l सदैब अमेरिकाको मजदूर दिवसको समयमा आयोजना गरिने परम्परा अनुसार यस बर्षको उक्त सम्मेलनले नया आयाम थप्न सफल भएको छ र सम्मेलन अझ माझिएको सहभागीहरुले जनाएका छन् l
बिष्णु माया परियार गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्म लिई हाल सयुक्त राज्य अमेरिकाको बोस्टनस्थित इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक हुन् lअमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा सहभागी भै आफ्नो बौद्धिकताको परिचय दिई आफ्नो छुटै पहिचान बनाई नेपाली चेलीबेटीको नाम बिदेशी माटोमा पनि मात्री भूमिको सेवाको लागि आफ्नो जीवन समर्पित गरेकी छिन l
नेपाली समाजमा रहेको छुवाछुत,भेदभाव,घरेलु हिंसा,महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गर्दै आफ्नो अभियानलाई तार्किक बिन्दुमा पुर्याउने कुरामा बिश्वस्त रहेकी छिन् lहालसम्म १० हजार भन्दाबेशी नेपालका दलित,गरीब र सिमान्तकृत बालबालिकाहरुलाई बिभिन्न कार्यक्रम र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएकि छिन् भने २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा परोक्ष रुपमा लाभान्बित हुन पुगेका छन्।
एड्वानले बिगत १० बर्षको दौरानमा नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला,बालबालिका र अन्य बिपन्न समुदायका महिला र बालबालिका उत्थानका लागि बिद्यालय स्थापना तथा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ। उनले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरुप विश्व बैंक फ्यामिली नेटवोर्कको ‘मार्गरेट माक्नमारा मेमोरियल’पुरस्कार (२००७)र नगद $ ११,०००.०० (एघार हजार डलर ),संयुक्त राष्ट्र संघ एसोसिसनको ‘पर्दिता हस्टन मानब अधिकार’ पुरस्कार (२००७),र नगद ५,००० (पाँच हजार डलर),बर्ष २००६ कि महिला -इन्डियन न्यु इंग्ल्यान्ड .बोस्टन ,सगरमाथा प्रतिस्थानको ‘नेपाल सम्मान’ पुरस्कार (२०११), अन्तरास्ट्रिय दलित संघ (क्यानाडा) को ‘डा. अंबेडकर’ पुरस्कार (२००३), एसोसिसन अफ नेपालीज इन अमेरिकाज (एएनए) को ‘स्यालुट टु हिरो’ पुरस्कार (२०१०) लगायत अन्य दुई दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तर रास्ट्रिय पुरस्कारद्वारा सम्मानित भै सकेकी छिन् l
सन् १९८२ मा स्थापना भएको एन्मा (ANMA) र सन् १९९१ मा स्थापना भएको नासा (NASeA) नेपालीज एसोसियसन अफ इन्डियना (NAI) आयोजक हुन्।
बिस्तृत जानकारीको लागि :
Founder , Empower Dalit Women of Nepal (EDWON)
www.edwon.org
www.AdwanNepal.org