धादिङ जिल्लाको कृष्णभीर नजिकै पृथ्वी राजमार्गमा यात्रुवस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् ।
काकडभिट्टाबाट काठमाडौ आउँदै गरेको ना ३ ख ७८८१ नम्बरको वस सडकवाट १ सय मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
बुधवार बिहान साँढे ८ वजेतिर भएको दुर्घटनामा घाइते भएका ३० जना भन्दा बढीलाई उद्दार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु, र गजुरी अस्पतालतर्फ पठाईसकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र अन्य क्षतिको विबरण अझै आएको छैन । अहिले उद्दार कार्य चलिरहेको छ ।