उपत्यकामा सञ्चालित पाँचवटा कलेजले बिनास्वीकृति स्नातक र स्नातकोत्तर तहको अध्यापन गराउँदै आएको जनाइएको छ ।
राजधानीमा सञ्चालित फोनिक्स इन्टरनेसल कलेज बिजुलीबजार, एसेर इन्टरनेसनल कलेज लोकन्थली, गार्निस कलेज बसुन्धरा, मिडभ्याली कलेज मैतिदेवी र स्काइलार्क कलेज पुतलीसडकले अनुमतिबेगर बिबिए, बिएचएम, एमबिएका कक्षा सञ्चालन गरिरहेको पाइएको छ ।
शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)द्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा बिनास्वीकृति पठनपाठन गराइआएका त्यस्ता कलेजमा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्योल हुने स्पष्ट भए पनि शिक्षा मन्त्रालयले कारबाही गर्न नसकेको बताइयो । अहिले राजधानी स्नातक तहभन्दामाथिको शिक्षा दिने ६६ वटा कलेज सञ्चालित छन् ।
अनुमतिबेगर कलेज सञ्चालन हुँदासमेत शिक्षा मन्त्रालयले बेवास्ता गरेको भन्दै इजोनका अध्यक्ष प्रकृति अधिकारीले राजधानीभित्रै सम्बन्धन र अनुमतिबिना सञ्चालित कलेजको अनुगमन र नियमन सरकारले गर्न नसकेको बताउनुभयो ।
यसैगरी राजधानीमा सञ्चालित नौवटा कलेजले स्वीकृति लिएको विषयवस्तुभन्दा बाहिरका कोर्ष सञ्चालन गरिरहेको पाइएको छ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले बिबिए, किङ्स कलेजले फ्लेक्जी