नेपालबाट बिभिन्न किसिमले अस्ट्रेलिया पुगेका दिदी बहिनीले त्यहा जम्मा भएर तीज पर्व धुमधामका साथ मनाएका छन । पढ्न का लागि बिद्यार्थी भिसामा त्यहा पुगेका रुपन्देही बुटवल आसपासका दिदी बहिनी यसरी जम्मा भएर तीज मनाएको जानकारी अर्घाखाँची बुटवल डेस्क प्रमुख उमाकान्त पाण्डे गाउंले लाई ईमेल प्राप्त भएको छ । बुटवल १३ कालिकानगरकी इन्दु श्रेष्ठले उहालाई ईमेल गर्नु भएको हो । अहिले अस्ट्रेलियामा धुमधामले तीज मनाइरहेको बुझिएको छ ।