कोरियामा नेपालीले आत्महत्या गरे


ईपिएस मार्फत ६ महिना अघि कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन्। तनंहु जिल्ला घर भएका २१ बर्षका राजकुमार गुरुङले बुधबार राती साढे १० बजे राइसकुकरको तार प्रयोग गरी झुन्डिएर आत्महत्या गरेको प्रह्ररीले जनाएको छ ।


कोरियाको ख्यङ्जु नगर स्थित आङ्गाङ्मा रहेको सी एन सी कम्पनीमा काम गर्दै आएका गुरुङले अचानक बुधबार राती झुन्डिए आत्महत्या गरेको उनका साथी कृष्ण गुरुङले टेलिफोन मार्फत जानकारी दिएका छन् ।  अहिले उनको शवलाई पोष्टमार्टमको लागी प्रहरीको सहयोगमा अस्पतालमा लगिएको छ भने उक्त कम्पनीका मालिक र उनी संगै सुतेका अन्य ३ जना नेपालीहरूलाई सोधपुछका लागी प्रहरीले नियन्त्रणमा लिएको गुरुङले बताएका छन्।
 
उक्त कम्पनीमा ७ जना नेपाली कार्यरत रहेको र उनी भने अली सुस्त रूपमा काम गर्ने गरेको संगै काम गर्ने साथिले बताए। मृतक गुरूङका आमा, बुबा, एक बहिनी, श्रीमती र एक छोरी छन् । एक हप्ता अघि मात्र उनले छोरी जन्मेको खबर आफ्ना साथिहरू सुनाएका थिए ।