आज विश्व रेविज दिवस, इलाममा कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर

 विश्व रेविज दिवसका अवसरमा कुकुरको बन्ध्याकरणसुन्दा र भन्दा अनौठो हुनसक्छ कुकुरहरुको बन्ध्याकरण शिविर ।

 

विश्व रेविज दिवसका अवसरमा इलाममा कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर सुरु गरिएको छ ।

 

कुकुरले टोकेकै कारण मानिसमा सर्ने रेविज रोग उन्मुलन गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालय इलामले आगामी असोज १२ गतेसम्म कुकुरहरुको बन्ध्याकरण शिविर संचालन गरेको हो ।

 

 इलाम नगरपालिकाको सहयोग र हिमालयन एनिमल ट्रष्ट रिस्कु पोखराको संयुक्त आयोजनामा सुरु भएको शिविरमा नगरपालिका भित्रका सबै कुकुरहरुको बन्ध्याकरण गरि नगरपालिकालाई रेविज मुक्त नगरका रुपमा घोषणा गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

 

– RSS

अन्य समाचारहरु