७४ जिल्लालाई पछि पार्दै जिविस सिन्धुली बेरुजु फछ्र्यौटमा उत्कृष्ट

चीना थापा रेडियो सिन्धुलीगढी सिन्धुली


सिन्धुली असोज ८ गते । आर्थीक वर्ष ०६७, ०६८ सम्ममा रहेको केन्द्रिय बेरुजुमध्ये ८९ प्रतिशत बेरुजु फछ्र्यौट गरि जिल्ला विकास समिति सिन्धुली ७४ जिल्लालाई पछि पार्दै प्रथम हुन सफल भएको छ ।

 

प्रथम भए बापत जिल्ला विकास समिती सिन्धुलीका कर्मचारी पुरस्कृत समेत भएका छन् । पुरस्कृत हुनेहरुमा स्थानीय विकास अधिकारी धु्रववहादुर खड्का आलेप अधिकृत तथा २ जना लेखा हेर्ने कर्मचारी रहेका छन् । उनिहरुलॆ प्रतिव्यक्ति ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

 

पुरस्कार प्राप्त गरेपछि आगामी दिनमा जिल्ला विकास समितीमा रहेको सम्पुर्ण काम कार्यवाहि गर्न प्रोत्साहन थपिएको स्थानीय विकास अधिकारी ध्रुव बहादुर खड्काले प्रतिकि्रया दिनुभयेा । त्यस्तै जिल्ला विकास समिती सिन्धुलीलाई नियमित अनुदानमा २० प्रतिशत थपीने भएको छ ।

 

आर्थीक वर्ष ०६७ ;०६८ को न्युनतम शर्त तथा कार्य सम्पादन मापन -एमसिपिएम को नतिजा अनुसार ७५ जिल्ला विकास समिती मध्ये १६ औ स्थानमा पर्न सफल भएकोले नियमित अनुदानमा २० प्रतिशत थपीने भएको स्थानीय विकास अधिकारी खड्काले वताउनुभयो।

 

न्युनतम शर्त तथा कार्य सम्पादनको नतिजा अनुसार जिल्ला विकास समिती सिन्धुली १६ औं स्थानमा पर्न सफल भएको छ यसको नियमित अनुदानमा २० प्रतिशत थपीने भएको छ । यसरी अनुदान थप हुँदा जिल्लाको विकास निर्माण कार्यमा थप टेवा पुग्ने देखिन्छ स्थानिय विकास अधिकारी धु्रववहादुर खड्काले भन्नुभयेा ।

 

 जिल्ला विकास समिती सिन्धुलीले योजना तथा कार्यक्रम व्यवस्थापनमा १० अंक बजेट व्यवस्थापनमा ६ अंक वित्तिय व्यवस्थापनमा ९ अंक वित्तिय श्रोत परिचालन क्षमतामा ४ अंक बजेट निकासा र कार्यक्रम कार्यान्वयनमा ६ अंक सुचना पारदर्शीतामा १० अंक अनुगमन तथा मूल्याङ्कनमा ७ अंक संगठन संरचना सेवा प्रवाह र सम्पत्ति व्यवस्थापनमा ११ गरि जम्मा ६३ अंक प्राप्त गरि १६ औं स्थानमा पर्न सफल भएको हो ।

अन्य समाचारहरु