सिन्धुलीको रतनचुरा गाविसमा संचालित सामुदायिक मेलमिलाप केन्द्र प्रभावकारी बन्दै


चीना थापा रेडियो सिन्धुलीगढी सिन्धुली


सिन्धुलीको रतनचुरा गाविसमा साचालित सामुदायिक मेलमिलाप केन्द्र प्रभावकारी बनेको छ । २०६७ चैत्रबाट संचलनमा आएको सो केन्द्रलॆ अहिलेसम्म १३ वटा उजुरीका घट्नाहरु मिलाईसकेको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक भिम श्रेष्ठले जानकारी दिनुभयो ।

 

सामुदायिक मेलमिलापमा केन्द्रमा लेनदेन खानेपानी श्रीमती श्रीमान्बीचको झगडा गालीबेईजेतिका उजुरीहरु बढीमात्रामा आउने गरेको श्रेष्ठले बताउनुभयो । समाजका घटेका घट्नाहरु दुवै पक्षको उजुरी अनुसार मेलमिलाप केन्द्र मार्फत मिलाउने गरेको र यदी यसबाट मिल्न नसकेमात्र बाहीर पठाउने गरेको उहाले वताउनु भयो  ।

 

सामुदायिक मेलमिलाप केन्द्र समाजका व्यक्तिहरुको लागि निकै राम्रो भएको र सहजताकासाथ आफुहरुको घट्ना मिलाउन सकिने हुँदा सामुदायिक मेलमिलाप केन्द्र प्रभावकारी भएको रतनचुरा ५ की सुस्मा सापकोटाको भनाई छ । यसमा खर्च पनि कम लाग्ने र झमेला पनि नहुने सापकोटाले बताउनुभयो ।

अन्य समाचारहरु