पोखरीमा तीनजना बालकको डुबेर मृत्यु

मोरङको सोराभाग गाविस-४ को एक पोखरीमा आज तीनजना बालक डुबेर मृत्यु भएको छ। अपरान्ह सोरागभाग-४ स्थित चौरीमा क्रिकेट खेल्ने क्रममा क्रिकेटको बल नजिकैको पोखरीमा खसेपछि सो बललाई झिक्ने क्रममा तीनैजनाले डुबेर ज्यान गुमाएको क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ।

 

मृत्यु हुनेहरूमा सोराभागका रामु ऋषिदेवको ७ वर्षका छोरा छिट्कु ऋषिदेव, उनका भाइ ५ वर्षका देदुवा ऋषिदेव र कात्तिक चन्द्र ऋषिदेवका ७ वर्षका छोरा रमानन्द ऋषिदेव रहेका छन्। रासस

अन्य समाचारहरु