प्युठान । प्युठानमा एचआईभी संक्रमतिहरुको संख्या वर्सेनी बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्युठानमा हालसम्म एचआईभी संक्रमतिहरुको संख्या ९९ जना पुगेको छ । अधिकांश एचआईभी संक्रमितहरुमा विदेशबाट फर्किएका पुरुष र तिनका श्रीमतीहरु रहेका छन् । त्यस्तै युवा, युवती समेत बढि एचआईभी संक्रमित हुनेमा परेका छन् ।
कार्यालयमा देखिन नआउने संक्रमितको सङ्ख्या अझ धेरै हुनसक्ने जनस्वाथ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एचआईभी भएनभएको जाँच गर्न आउनेको संख्यामा पनि बर्सेनि बृद्धि हुँदै गएको छ ।



