तम्घासमा काम गर्ने क्रममा ट्याक्टरले किचेर मजदुरको ज्यान गयो

कमला बस्नेत

 

तम्घासको रेसुङ्गा वहुमुखी क्याम्पसको निर्माणाधिन भवनको मार्वल ट्याक्टरबाट झार्ने क्रममा ट्याक्टरको ठक्करबाट एक जना मजदुरको ज्यान गएको छ । क्याम्पसको निर्माधिन भवनका लागि वुटवलबाट मार्वल ल्याएर आएको लु. १ त १९५७ नम्वरको ट्याक्टरले ठक्कर दिदा कपिलवस्तु शिवपूर ५ निवासी २३ वर्षिय भगतसिंह पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


मार्वल झार्न वसेका उनलाई टयाक्टरले ब्रेक लगाउने क्रममा मार्वले च्याँपेर घटनास्थलमै मृत्यु भएको क्याम्पस प्रशासनले जनाएको छ । मृतकको आफन्तसँग संपर्क गरी उनको शव जिम्मा लगाउन उनका दाजुलाई बोलाईएको निमित्त जिल्ला प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेतले बताए । सवारी दुर्घटना अन्तर्गत नै कार्वाही अगाडी बढाईने जानकारी समेत बस्नेतले दिए ।

अन्य समाचारहरु