विश्वविद्यालयद्वारा अत्तरियाका भट्टलाई प्रथम घोषित

कमला बस्नेत


अष्टेलिया स्थित युनिभरसिटी अफ वेष्टटर्न सिढ्नीले बेचुलर अफ इनफरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी तहमा अध्ययनरत अत्तरियाका संन्जिप प्रसाद भट्टलाई प्रथम घोषित गरेको छ ।


उक्त बिश्व विद्यालयले हालै एक समारोहका बिच भट्टलाई विश्व विद्यालय प्रथम स्थानको उपाधि स्वरुप गोल्ड मेडल हस्तान्तरण गरी घोषित गरेको हो ।


विश्व विद्यालयमा प्रथम भएपछि भट्टको परिवारजन, इष्टमित्र, गुरुवर्गका साथै नेपालमै उहाँमा भएको प्रतिभाको कदर गर्न थालिएको छ । पछिल्लो समयमा सरकारी बिद्यालयले दिने शैक्षिक नतिजा घट्दो क्रममा रहेपनि भट्टले सरकारी विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी बाह्य देशको विश्व विद्यालयमा प्रथम भएपछि उहाँलाई उदाहरणको रुपमा समत हेर्न थालिएको छ