चाडपर्व नजिकिदै गर्दा नुवाकोटका बजारहरुमा मासु पसलको अनुगमन तीब्र

नुवाकोट  । चाडपर्व नजिकिदै गर्दा नुवाकोटमा जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम विदुर र आसपासका बजारहरुमा मासु पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा विदुर, बट्टार र त्रिशुली क्षेत्रका मासु पसल हेरिएको थियो ।


अधिकांश मासु पसलले पहिलो पटक अनुगमन गर्दा दिएको निर्देशन पालना गरेको पाइयो र केहीले भने अझै वेवास्ता गरेको पाइएको अनुगमनकर्ताले बताएका छन् ।


चार वटा मासु पसलेलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई १५ दिन भित्र पसलमा सुधार गर्ने कागज गराएर छाडिएको छ ।

 

– RSS

अन्य समाचारहरु