अर्घाखाँची सेवा समाज कतारद्धारा एकै महिनामा चार जना सदस्यलाई विदाई

दोहा । अर्घाखाँची सेवा समाज दोहा कतारले आफना एक सदस्यलाई हालै एक कार्यक्रम गरी विदाई गरेको छ ।

अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सस्थाको नियमअनुसार कतारको कार्यकाल समाप्त गरि पुन कतार नर्फकने कार्यसमितिका पदाधिकारीहरुलाई विदाई गर्दै आएको समाजले कार्यसमिति सदस्य तथा अर्घाखाँची नुवाकोट १ बरबास निवासी जोग बहादुर पुन आफ्नो ७ बर्षको कतार बसाई समाप्त गरी नेपाल जादै गरेको अवसरमा उहाले सस्था स्थापना देखि पुराएको योगदान मार्गदर्शन र सहयोग प्रति समाजले शुभकामना तथा धन्यबाद दिएको थियो।

 

कतार बसाईबाट सिकेका व्यावहारिक कुराहरुलाई नेपालमा लागु गर्न तथा बैदेशिक रोजागारीमा आउने युवाहरुलाई सुचना प्रवाह गर्नको लागि सुझाव समाजले गराएको थियो। कार्यसमिति जोग बहादुर पुनले आफ्नो ७ बर्ष कार्यकालमा प्रवासको ठाउमा विरानो भएर तथा सुख दुखको साथि नभएको र यो अर्घाखाची सेवा समाजको स्थापनाले आफुलाई परिवारमा भएजस्तै अनुभुति भएको र सुख दुखमा सहयोगको आदानप्रदान गराएकोमा आभार प्रकट गर्दै।

 

पुनले जिल्लाको नामबाट स्थापना भएका संघसस्थाले खाली संचार माध्यममा कुरा मात्र खेलाउनु तथा ठूला ठुला सपना देख्नु भन्दा जिल्लाबाँसीले प्रवासमा भोगेका समस्यामा सहयात्री बन्नु पर्ने र सामुहिक रुपमा जिल्लामा कुनै ठोस भौतिक तथा समाजिक क्रियाकलाप गर्न सक्नु पर्ने एवं अन्य देशका संघ संघठन भन्दा यो सेवा समाजको भावी कार्ययोजना अति नै आर्कषक रहेकाले आफुले आगामी दिनमा जहा गएपनि बसे पनि यसको लागि आवश्यक कार्य गर्ने बताउनुभएको थियो ।


छुटिटने बेला भो आखाबाट आशु झारियो दुई थोपा आशुले फेरि भेटने् बाचा गरियो भन्ने भाबुक गित गाएर खगेश्वर भुसालले सवैलाई भाबुक बनाउनु भएको उक्त कार्यक्रममा अध्यक्ष तथा उपस्थितजनहरुले सामुहिक रुपमा सम्मान स्वरुप दोसल्ला सम्झनाको लागि मायाको चिनो तथा योगदानको लागि प्रशंसा पत्र प्रदान गरिएको थियो साथै समाजले हिन्दुहरुको महान चाड दशैले सवैमा सुख शान्ति र समृद्धिे प्रदान गरोस् र दशैलाई आफ्नो क्षमता र समाजमा मेलमिलाप शान्ति र सत्यताको सन्देश जाने चाडका रुपमा मनाउनु पर्ने भन्दै दशैको अवसरमा सेवा समाजले गर्न लागेको दशै स्पेशल कार्यक्रमकोबारेमा उपस्थित पदाधिकारीहरुले बोल्नुभएको थियो ।


दोहाको मुन्तजा पार्कमा आयोजना गरिएको सो कार्यक्रम संस्थाका सदस्य बासुदेव भाटले सन्चालन गर्नुभएको कतारबाट भुवन के.सीद्धारा प्रेषित समाचारमा उल्लेख गरीएको छ।