यूएईको श्रम मन्त्रालयमा नेपाली भाषामा पनि कुराकानी गर्न सकिने

– उमाकान्त पाण्डे गाउंले 
असोज २८ ,आबुधाबी – सम्युत्त अरब एमिरेट्स यूएईको श्रम मन्त्रालयमा अब नेपाली भाषामा पनि बोल्न सकिने भएको छ । अग्रेंजी , अरबि  तथा हिन्दी भाषामा दिदै आएको सुबिधालाई बडाएर त्यहाको सरकारले नेपाली भाषामा पनि जानकारी लिन सकिने बनाएको हो । 
यूएईको राष्ट्रिय दैनिक गल्फ न्युजको अन्लाईन सस्करणले जनाए अनुसार त्यहा कार्यरत अत्यधिक आप्रवासी कामदारको प्रयोजनको लागि नेपाली सहित अन्य १२ वटा भाषालाई प्रयोगमा ल्याईएको हो । 
थप गरिएका भाषामा नेपाली सहित चाइनिज,रसियन,फ्रेन्च,तगालो(फिलिपिनो),बङगाली,पस्तु(पाकिस्तान)फारसी,सोमाली,र भारतका अन्य स्थानिय भाषा मल्यालम, तामिल र पन्जाबी रहेको यूएईको श्रम मन्त्रालयले जनाएको छ ।
त्यहाकार्यरत नेपाली कामदारले आफ्नो फोन बाट यूएईको श्रम मन्त्रालयमा फोन सम्पर्क गरी उजुरी एवम जानकारी लिन सक्नेछन  आफु कार्यरत काम , कम्पनी र निती नियम सम्बन्धी आबश्यक पर्ने जानकारी नेपाली भाषामा नै सोध्न बुझ्न सकिने छ । त्यसको लागि मन्त्रालयको संपर्क नम्बर ८००६६५ मा संपर्क गर्न पर्ने छ । संपर्क पछी आउने निर्देशन अनुसार कुरा गर्न सकिने छ । यस् नम्बरमा संपर्क गर्दा कुनै शुल्क लाग्ने छैन । 
यस् सुबिधा बाट त्यहा कार्यरत करिब २ लाख ५० हजार भन्दा बढी नेपालीलाई सजिलो हुनेछ।