अर्घाखाँची डिर्भनाका युवक कतारमा अलपत्र/हातमा राहादानी तर दुतावासले सहयोग गरेन

– उमाकान्त पाण्डे गाउंले र पशुपति श्रेष्ठ    
       मध्यपुर्व 
दोहा डेस्क- रोजगारीको सिलसिलामा बीस महिना पहिले कतार आएका एक नेपाली अलपत्र परेका छन । 
डिर्भना १अमिले अर्घाखाँचीका चेतन कुवँर कतारमा अलपत्र परेका हुन । “तलब माग्दा भोलि पर्सि दिन्छु भन्दै केहि महिना टार्दै गयो त्यसपछि कम्पनि बन्द गरेको र अहिले कम्पनि मालिक सम्पर्क विहिन भएपछि उनि अलपत्र परेका हुन।
गाउँकै अकंलको छोरा पर्नेले पचासि हजार नेपाली रुपैया लिएर मासिक आठ सय रीयल र खाना खर्च कम्पनिले दिन्छ भनि कतारको युनटेक कन्ट्रक्स नामक सप्लाई कम्पनिमा उनी यहाँ आएका हुन । आएको ९ महिनामा ६ सय रियल कम्पनिले दिएको त्यसपछि एक रुपैया नदिएको कुवरले बताए।
“घरको एक्लो छोरो घरको आर्थिक अभावका कारण केहि कमाउला भन्दै विदेशिए तर यहाँ आएर बिहान र साझँको छाक कसरी टार्ने भन्दै जोहो गर्दै बसेको छु”,केहि महिना यताबाट एक जना साथिको कोठामा बस्दै आएका कुवँरले भने । ‘कम्पनिका अन्य साथिहरु आफ्ना आफ्न्तहरुको सहयोगले टिकट काटेर घर गए,कम्पनिको मालिकले तलाई रिलिज दिन्छु भनेपछि बसेको थिए तर अहिले कम्पनिले न त रिलिज दियो न त घर पठायो’ कुवरले भने ।   
मलाई अरु पैसा चाहिदैन टिकट काटेर घर पठाईदिन आग्रह गर्दा पनि नपठाएको उनको भनाइ छ । ‘कम्पनि मालिक पाकिस्तानिले पासर्पोट हातमा थमाउदै यो पासर्पोट लिएर दुतावासमा जा तलाई पठाउछ भन्यो, प्रदेशको ठाउँ मलाई केहि थाहा छैन। 
‘धेरै पटक नेपाली दुतावास धाए तर केहि लागेन, यतिका दिन सम्म के गरेर बसेको भन्दै उल्टै महामाहिमले थक्राईन, कुवरले भने । एक पत्र लेखि लेवरर्कोट जान दुतावासले भनेको थियो तर त्यहा जान पनि पाँच सय रियल आवश्यक पर्छ , बिहान बेलुकिको खाना खान पैसा छैन म कहाँबाट पाँच सय रियल लिएर र्कोटमा जाउँ ? उनले भने । 
‘नेपाल बाट आएको बिस महिना भयो हातमा पासर्पोट छ,पासर्पोट मात्र भएर के गरु घर जानको लागि टिकट लिन हातमा पैसा छैन’ कुवरले भने ।