अफगानिस्तानमा पनि सामुहिक दशै मनाईदै

– उमाकान्त पाण्डे गाउंले 
काठमाण्डौ – अफगानिस्तानमा रहेका नेपालीले बिभिन्न कार्यक्रम गरेर दसैं मनाउने भएका छन । युद्द ग्रस्त मानिने मुलुकमा पनि नेपालीहरु एकै ठाउँमा भेला भएर आफ्नो पर्वलाई बिशेष कार्यक्रमका साथ मनाउने भएका हुन । 
रोजगारीका लागि नेपाली कामदारलाई जोखिम छ भनिदै आएको राष्ट्र अफगानिस्तानमा पहिलो पटक यसरी बडादसैं मनाउन लागिएको त्यहाकार्यरत नेपालीले अर्घाखाँची डट्कम् लाई बताए । 
“सामुहिक टिका ग्रहण एवम भेटघाट कार्यक्रम मार्फत सबैको जमघट गराउने प्रयास गर्दै छौ” अर्का नेपाली युवा रुपन्देहीका राज भट्टराईले अर्घाखाँची डट्कम् सग भने । सबैलाई कार्यक्रममा उपस्थिती भएर खुशीयाली साट्न आग्रह गर्छु भट्टराईले भने ।  
हामीले यहाँ दसैं मनाएको सन्देश घरपरीवार सम्म पुर्याउन चाहन्छौ, धादिङका हरि पाठकले भने । ” हामी यहाँ सुरक्षित छौ , हाम्रो चिन्ता नलिनुहोला घरपरिवारलाई हामी सबैले दसैं मनाएको तस्विर घरमा पठाउने हो अर्का नेपाली पोखराका बुद्द गुरुङले बताए।”  
सामाजिक सन्जालहरु र विश्व संचारसस्था अर्घाखाँची डट्कम् मार्फत दुई दिन अघी सुचना प्रकाशन गरे लग्गतै अहिले सम्म १ सय ५० भन्दा बडी नेपालीले संपर्क गरेर कार्यक्रममा उपस्थिती जनाउने बताएका छन , त्यसर्थ कार्यक्रममा बाक्लो उपस्थिती हुने आशा राखेका छौ , कार्यक्रममा नेपालीको उपस्थिती बाक्लो हुने अनुमान गरेका छौ , आयोजक फिडेक्स एक्सप्रेसमा कार्यरत रुपन्देहीका राज भट्टराइले फोन मार्फत जानकारी दिए । 
फिडेक्स एक्सप्रेस कम्पनीमा कार्यरत नेपालीको सकृयतामा सामुहिक टिका एवम नेपाली परिकारका खाना खाएर महत्वपूर्ण चाड मनाउने योजना बनाइएको छ । कार्यक्रम विजयादशमीको दिन कार्तिक ८ गते बुधवार (अक्टोबर २४) तारिख बग्रममा हुने छ । एक आपसमा भाईचाराको बिकास गर्न र बिदेशमा एक्लो पन भएर नबस्नका लागि – सबै मिलेर दसैं सगैं मनाएर नेपालमै भएको झल्को दिलाउन दसैं को टिका जमरा तथा घरमै खसी ढालेर मनाउने भएकोले कार्यक्रममा आउन आयोजकले अनुरोध समेत गरेको छ ।