– कृष्ण खनाल
बुटवल । जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुृलाचनले राजनीतिक खिचतानिको कारणँसहकारी निति अन्यौलनमा परेको बताएका छन । सहकारीहरु गुणस्तरमा भन्दा पनि बढि संख्यात्मक रुपमा बढिभएकोले समस्या शिर्जना भएको भन्दै उनले नाफा आर्जन गर्नु भन्दा पनि सामाजिक विकृती विसंगतीहरुको विरुद्वमा कार्य अगाडी बढाउनुपर्ने बताएका हुन । शनिवार प्रौढ बचत तथा ऋण सहकारी संस्था बुटवलल ११ को ७ औ बार्षिक साधारण सभामा बोल्दै तुलाचनले सहकारीहरुको लगानी उत्पादनशिल क्षेत्रमा लाग्नुपर्ने बताएका हुन ।
सहकारीका अध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला बचत तथा ऋण जिल्ला सहकारी संघका सचिव कृष्ण नेपालको विशिष्ट आतिथ्यता रहेको थियो । साधारण सभामा तेजश्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भोज बहादुर बुढाथोकी मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा बहादुर विष्ट जुनेली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम ज्ञवाली शिक्षा विद् डा. रामचन्द्र आचार्य पश्चिमााचल फाईनान्सका अध्यक्ष नवराज श्रेष्ठ पौढ समाजका संस्थापक हध्यक्ष हरिी भट्राई सल्लहकार रामचन्द्र पन्थी रमेश बहादुर थापा कल्याणकारी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।
विना गुरुङको धन्याबाद रहेको कार्यक्रमको साचालन भरतमान भट्राईले गरेका थिए । कोषाध्यक्ष रुद्रबहादुर अधिकारीले आर्थिक बर्ष २०६८/०६९को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।