दसैं टिकाको दिन काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस दुघर्टना हुँदा ४ जनाको मृत्यु

नुवाकोट –   दसैं टिकाको दिन काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस नुवाकोटस्थित पासाङ ल्हामुमार्गको बेगकोट नमुना गाविसमा दुघर्टना हुँदा ४ जनाको मृत्यु भएको छ ।

 

बा १ ज ९७५७ नम्वरको रुट विनाको माइक्रो बस बेगकोट नमुना गाविस वडा नम्वर ५ ती गाउँस्थित ओरबोटे भिरवाट करिव ५ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको तर उनीहरुको सनाखत भईसकेको छैन । अन्य १३ जना गम्भिर घाइते भएका छन् ।

 

उनीहरुलाई उपचारका लागि काठमाण्डौं ल्याइएको छ । घटनास्थलमा उद्धार र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

– RSS

अन्य समाचारहरु