स्थानीय सरस्वती युवा क्लवले त्यहाँ सांस्कृति कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम हेरिरहेका तामाङमाथि एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक तामाङ च्यासिङखर्क-९ का निवासी हुन् । प्रहरीले हत्यामा संलग्नको आरोपमा गणेशस्थान ३ का रणबहादुर तामाङलाई पक्राउ गरेको छ । संलग्न अन्यको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख खेम आचार्यले बताए ।



