– कमला बस्नेत
नवलपरासी । नवलपरासीको गैडाकोट ८ जयश्री पूल निर तीब्र गतिमा गुडिरहेको बस एक्कासी पल्टदा बसमा सवार १३ जना घाइते भएका छन् ।
बुटवलबाट नारायणगढतिर जांदै गरेको ना ३ ख ६१ १४ नम्बरको बस पल्टदा भएको सवारी दुर्घटनामा परी घाइते भएका १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।