रुपन्देही डायरी : बुटवल बाट प्राप्त स्थानिय/राजनिती/एवम खेलकुद खबर सगांलो

रुपन्देही डायरी : बुटवल बाट प्राप्त स्थानिय/राजनिती/एवम खेलकुद खबर सगांलो

प्रस्तुती : उमाकान्त पाण्डे गाउंले   

नेपाल राष्ट्रिय मगर संघको दोस्रो अधिवेशनको तयारी पुरा 
नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको दोस्रो अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । भोली शनिबार बुटवलमा हुने अधिवेशनमा रुपन्देहीका बुटवल र सिद्धाथनगर नगरालिका, तथा १७ वटा गाविसबाट ५ दर्जन बढी अधिवेशन प्रतिनिधि र ३ दर्जन पर्यवेक्षकले भाग लिने जिल्ला अध्यक्ष केहरसिंह सराङकोटीले जानकारी दिनुभयो ।
अधिवेशनले १५ सदस्यीय जिल्ला समिति चयन गर्नेछ ।
पाँचौं अमरपथ दिपावली महोत्सव कात्तिक २७ देखि
दिपावलीको अवसर पारेर बुटवल अमरपथका व्यापारी व्यबसायीहरुले आयोजना गर्दै आएको दिपावली महोत्सव यहि कात्तिकको २७ देखि २९ गते सम्म हुने भएको छ । 
पाँचौं अमरपथ दिपावली महोत्सव २०६९ बिबिध कार्यक्रमका विच ३ दिन सम्म मनाउन लागिएको मूल आयोजक समितका सचिव प्रकाश श्रेष्ठले जानकारी दिनु भयो । महात्सवलाई भव्य र सव्य बनाउनका लागि अमरपथका व्यापारी तथा व्यबसायीहरुको सुक्रबार बुटवलमा बसेको भेलाले मूल आयोजक समिती तथा बिभिन्न उपसमितीहरु गठन गरिएको छ । 
मुल आयोजक समितीको संयोजकमा दिपक कुमार बिक, सह संयोजकमा पुरन श्रेष्ठ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा गोकुल विक रहेको २५ सदस्यीय समिती तथा राजेन्द्र ध्वजु, गौतम कालिराज र हरि श्रेष्ठ सल्लाहकार रहेको ३ सदस्यीय सल्लाहकार समिती पनि निर्माण गरिएको छ । सोही भेलाले महेन्द्र भारीको संयोजकत्वमा सुरक्षा व्यबस्थापन, बिक्रम केसीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यबस्थापन, पुरन हेजुको संयोजकत्वमा सरसफाई, प्रेम पाण्डेको संयोजकत्वमा बिद्युत, राजेन्द्र ध्वजुको संयोजकत्वमा अतिथि सत्कार, तथा प्रकाश श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिती पनि गठन गरिएको छ । 
बिक्रेता र उपभोक्ताका बिचमा सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने महोत्सवमा अमरपथका पसलहरुमा विशेष छुटको व्यबस्था मिलाईएको पनि प्रचार संयोजक श्रेष्ठले बताउनु भयो । महोत्सव बुटवल उद्योग बाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघको सहयोगमा हुन लागेको हो । 
नेपाल तरुण दल मक्रहर गाँउ समितिको नयाँ समिति निर्माण   
नेपाल तरुण दल मक्रहर गाँउ समितीको सुक्रबार भएको भेलाले नयाँ कार्य समिती चयन गरेको छ । 
१९ सदस्यीय नयाँ कार्यसमितीको सभापतिमा नविनराज आचार्य, उपसभापतिमा बिकास पौडेल, सचिवमा बिकास बहादुर पौडेल, सहसचिवमा वालश्यामी चौ, कोषाध्यक्षमा चन्दन चौधरी रहेका छन । 
सो भेलाले महेश केसी, काशीनाथ ज्ञवाली र संची बिकलाई जिल्ला प्रतिनिधिमा चयन गरेको छ । 
कांग्रेस गाउँ समितीका सभापति व्यासमूनी चौधरीको सभापतित्वमा भएको भेलामा कांग्रेस महासमिती सदस्य कृष्णप्रसाद पौडेल, नेपाल तरुणदलका केन्द्रीय सदस्य चिरञ्जिवी जोशी, रुपन्देहीका उपसभापति भरत केसी, नेबिसंघका पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, क्षेत्र नं. १ क्षेत्रीय उपाध्यक्ष तेजबहादुर कुवँर लगायतले तरुण दल पार्टीको खम्बा भएकोले पार्टी रक्षाको लागि सधै तयार रहन निर्देशन दिएका थिए । 
निम्बल

अन्य समाचारहरु