– उमाकान्त पाण्डे गाउंले
मध्यपुर्व – बैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदि अरबमा पुगेका अर्घेलीहरु एक जुट भएका छन । साउदि अरबका बिभिन्न भागमा कार्यरत अर्घाखाँची बासीले अर्घाखाँची संपर्क मन्च गठन गरी एक जुट भएका हुन ।
बैदेशिक रोजगार,व्यापार व्यवसाय तथा अन्य बिभिन्न पेशामा आबद्द रहेका साउदी अरबमा कार्यरत अर्घेलीहरुको गत शुक्रबार बसेको भेलाले अर्घाखाँची संपर्क मन्च गठन गरेको हो ।
साउदी अरबको दमन अलखोबरमा रहेको होटल लगुनामा बसेको भेलाले ठुलापोखराका मोहन पन्थीको अध्यक्षतामा मन्च गठन गरेको हो । उपाध्यक्ष पद रित्त राखिएको छ भने कोषाध्यक्षमा गणेश आचार्य,सचिव सञ्जय पाण्डे “निस्चल”(केरुङगा),सह-सचिव सुरेश परीयार(केरुङगा), रहेको जनाइएको छ । मन्चका अन्य सदस्यमा क्रमश:चाप बहादुर नेपाली – केरुङगा,कुल बहादुर बि.क.(भगवती),अशोक खनाल(खन),मुक्तिराम खनाल(केरुङगा),प्रेम नेपाली(केरुङगा)मोहन पुलामी मगर(केरुङगा),खिम बहादुर बि.क.(ठुला पोखरा)केशब पौडेल(बल्कोट) रहेका छन ।
त्यस्तै मन्चका पदाधिकारी तथा बिधानको पालना गर्ने गराउन अनुशासन समिति समेत बनाइएको छ । कृष्ण पाण्डे (बल्कोट धारी चौर),शोभाखर घिमिरे (बल्कोट) दिपक बि.क.( बल्कोट)सन्तोष पौडेल (काभ्रे-बल्कोट) रहेका छन । त्यस्तै मन्चलाई आर्थिक रुपमा पारदर्शी एवम चुस्त बनाउन तुल्सीराम बण्जाडे (ठुलापोखरा),बसन्त पाण्डे(बाईगाउं-अर्घातोष)रमेश पाण्डे (केरुङगा),कमल गौतम (पोखराथोक) रहेको आर्थिक समिति समेत गठन गरिएको छ ।
भेला सञ्जय पाण्डे निस्चलको अध्यक्षता एवम मोहन पन्थीको सन्चालनमा सम्पन्न भएको थियो ।
खाडीमुलुक सम्युत्त अरब एमिरेट्स यूएई, कतार , बहराइन , ओमन , इजरायल जस्ता मुलुकमा यस् अघीनै अर्घाखाँची संपर्क समिति गठन गरी सकिएको छ । अर्घाखाँची स्थाई घर भएर अन्यत्र बसोबास गरी बिभिन्न पेशा व्यवसाय तथा अध्ययन रोजिरोटी गर्दै आएका अर्घेलीहरुले साझा सन्जाल निर्माण गरेका छन । बिभिन्न मुलुकमा रहेका अर्घाखाँची बासीका साझा सन्जाललाई समेटेर अन्तराष्ट्रिय मन्च गठन गरिन लागिएको बुझिएको छ ।
साउदी अरबमा बिभिन्न राजनितिक दल तथा त्यसका भात्री सगंठनको रुपमा अन्य संघसस्था सकृय भए पनि साझा एवम सामाजिक संघसस्था नभएकोले आफुहरुले मन्च गठन गरेको सस्थापकहरुले बताएका छन । साथै अन्य राजनितिक दल सम्बन्ध संघसस्था एवम अन्य अर्घाखाँची सम्बन्ध स्थानिय संघसस्था तथा अर्घेलीहरुलाई संपर्कमा आउन आग्रह गरिएको छ ।