लुम्बिनी आउने पर्यटक आगमनमा बृद्धि भएको छ । सरकारले लुम्बिनीको प्रवद्र्धन गर्ने ध्येयले लुम्बिनी भ्रमण वर्ष ०१२ मनाइरहको अन्तिममा आएर आन्तारिक पर्यटकको चहल पहलमा वृद्धि भएको हो ।
महिनाको झन्डै दुईपटक लुम्बिनीको भ्रमण गरिरहने आन्तारिक पर्यटकमध्ये स्थानीय चक्रबहादुर थापाले लुम्बिनी भ्रमण गर्दा आत्मलाई शान्ति मिल्ने बताए । उनले लुम्बिनीको विकासले नेपालको विकासमा टेवा पुग्ने पनि बताए ।
१० वर्षदेखि लुम्बिनी आउने पर्यटकलाई गाइडको काम गरिरहेका लुम्बिनीका गाइडसमेत रहेका स्थानीय सञ्चारकर्मी प्रह्लाद यादवले सरकारले मास्टर प्लानअनुसार लुम्बिनीको विकास गर्ने हो भने लुम्बिनी साँच्चिकै स्वर्ग बन्ने बताए । उनले पहिले विदेशी पर्यटकको बाहुल्यता रहने लुम्बिनीमा अहिले स्वदेशी पर्यटक पनि उल्लेख्य आउने गरेको बताए । टुरिस्ट गाइड यादवका अनुसार लुम्बिनीको प्रचार