बरामद पटाका बाराका एसपी दानसिंह बोहराले तिहारका अवसरमा आफू नजिकका हितैषीलाई बाँडेको खुलाशा भएको छ ।
एसपी बोहराले गत आइतबार केही राजनीतिक दलका प्रतिनिधी र आफ्ना नजिकका व्यापारीलाई पटाका बाडेका हुन् । बाराको मटिअर्वाबाट प्रहरीले बरामद गरेको पटाका, एसपी बोहराले राप्रपा नेपालका एक जना जिल्ला स्तरीय नेतालाइ दिएको प्रहरी स्रोतले जनाएको छ ।
करिब दश हजार रुपियाँ मूल्य बराबरको पटाका एसपी बोहराले आफना चिनजानका तीन जना व्याक्तिलाई बाडेका हुन् । बरामद गरिएको पटाका जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवान देखि सई सम्मकाले घर लगेका छन् ।
अन्य ठाउँबाट बरामद गरिएका केही पटाका भने प्रहरीले तिहार अगाडि नष्ट पारेको थियो । एसपी बोहराले बरामद गरिएका पटाका कसैलाई पनि नबाँडेका दाबी गरे । पटाका बिक्री नगर्न सरकारले सुरक्षा निकायलाई कडा निर्देशन दिएको छ ।