लीला बनबासी
लण्डन । नेकपा एमालेको भ्रातृ संगठन नेपाली लोकतान्त्रिक मंच (एनडिएफ) बेलायतको आयोजनामा वेम्ब्ली, एज्वेर, ह्यारो क्षेत्रमा बस्ने संस्थाका शुभ चिन्तक नेपालीहरुको घरदैलोमा देउसी खेलिएको छ ।
देउसी भैलो कार्यक्रमका संयोजक रबिन्द्र कंडेलको नेतृत्वमा देउसी टोली घर घर पुगेको थियो. मादल, खैजेडी, मजुराको तालमा देउसी गाउनेहरुमा एनडिएफ युकेका अध्यक्ष दिनेश घिमिरे, संगठन बिभाग प्रमुख रामशरण सिम्खडा, कार्य समिति सदस्य कृष्ण प्रसाद भण्डारी लगायतको टोली थिय ।
. बेलुकी ७ बजेदेखि ११ बजेसम्म बिभिन्न ठाउमा देउसी खेलिएको थियो । डिसेम्बर २० तारिखमा एन.डि.एफ. युकेको संस्थापना दिवस मनाउने पूर्ब तयारी अनुसार अर्थ संकलन गर्नु पनि उद्देश्य रहेको अध्यक्ष दिनेश घिमिरेले बताउनु भयो ।