१८ नोभेम्बर २०१२ – युएइ – संसारको जुनसुकै कुनामा रहे पनि नेपाली मौलिक पर्ब तथा संस्क्रिती जगेर्नाको लागि नेपाली नै अग्रसर हुनुपर्ने भन्दै प्रवासी नेपाली संघ युएइले २०६९ सालको दिपावलीको अबसरमा युएइका बिभिन्न शहरहरुमा “घर दैलो – देउसी भैलो” कार्यक्रम् भब्यताका साथ सम्पन्न गरेको छ । गत १५ नोभेम्बर २०१२ भाइ टीकाका दिन संघले युएइको राजधानी आबुधाबी तथा दुबइ र शारजाहमा समेत देउसी भैलोको आयोजना गर्यो ।
संघका केन्द्रिय प्रचार प्रसार बिभाग प्रमुख उत्तम अधिकारी , केन्द्रिय सदस्य गोबिन्द प्रसाद खनाल , आर्थिक बिभाग सदस्य भेसराज ढकाल , संघकै आबुधाबी क्षेत्रिय समिति अध्यक्ष लेखनाथ न्यौपाने , प्रवासी नेपाली युबा संघ युएइका सदस्यहरू लगायतका टोलीले युएइका लागि नेपाली राजदुत महामहिम धनन्जया झा ज्यू को निवासमा अत्यन्तै उत्साहजनक र रोमान्चक देउसी प्रस्तुत गरेको थियो । उनिहरुले राष्ट्रको बिकाश , उन्नति र बिध्यमान गतिरोध चिर्दै अग्रगामी परिवर्तनको लागि कामना सहित सांगितिक लयमा निकै मिठो देउसी प्रस्तुत गरेका थिए । उक्त अबसरमा राजदुत धनन्जय झा ले नेपाली संस्क्रिती झल्काउने खालको देउसी प्रस्तुत गरेकामा खुशी लागेको बताउनु भयो । उक्त देउसी टोलीले आइक्याडमा रहेको काठमाडौं रेस्टुरेन्ट, नेपाली ब्यबशायीहरूले सन्चालन गरेका अन्य रेस्टुरेन्ट , ट्राभल तथा बिभिन्न समाजसेवी नेपालीका निवासमा पुगेर देउसी भैलो प्रस्तुत गरेको थियो ।
यसैगरी संघका केन्द्रिय अध्यक्ष यमलाल शर्मा पङेनी , उपसचिब गितामणी



