काठमाडौं । वैदेशिक रोजगारीमा पठाईदिने भन्दै लाखौं रुपैयाँँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं सितापाइलास्थित स्वर्गद्वारी मानव कल्याण केन्द्रका अध्यक्ष शशिधर खड्कालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धाान ब्यूरोले खड्कालाई हिजो संस्थाको कार्यालयबाटै पक्राउ गरेको हो ।
विभिन्न युवाहरुलाई संस्थाको सदस्य बनाउने र रोजगारीका लागि जापान, स्वीट्जरल्याण्ड र क्यानाडा पठाई दिन्छु भन्दै खड्काले हालसम्म ७० लाख रुपैयाँ भन्दा बढी रकम असुलेको आरोप प्रहरीले लगाएको छ ।
प्यूठान सारीका स्थायी बासिन्दा खड्काले डोनर एजेन्सीहरुको माग अनुसार वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गर्ने गरेको र प्रति व्यक्ति २ लाख ७० हजारका दरले २५ जनासँग रकम असुली सकेको पनि प्रहरीले जनाएको छ ।



