नेपालमा शौचालय भन्दा मोबाइलको संख्या बढी

नेपालमा शौचालय भएको परिवारभन्दा मोबाइल भएको परिवारको संख्या बढी देखिएको छ। राष्ट्रिय जनगणनाको आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदन अनुसार ६१.३८ प्रतिशत परिवारसँग शौचालय छ।

 मोबाइल भएको परिवारको संख्या भने त्योभन्दा बढी ६४.६३ प्रतिशत रहेको छ।

शहरी क्षेत्रमा शौचालयको सुविधा नभएको परिवार ९.०९ प्रतिशत छ। ग्रामीण क्षेत्रमा शौचालय नहुनेको संख्या ४५.११ प्रतिशत छ।


शहरी क्षेत्रमा मोबाइल हुनेको संख्या ८४.०७ प्रतिशत छ भने ग्रामीण क्षेत्रका ५९.९८ प्रतिशत परिवारसँग मोबाइलको पहुँच छ।

 

 

Source:Nagarik

अन्य समाचारहरु