पाठशाला मासिकले आफ्नो स्थापनाको चौथो बर्ष प्रवेशको अवसरमा भोली शुक्रबार बुटवलको कालिका उच्च माविका विद्यार्थीका लागि सचेतना कार्यक्रम गर्ने भएको छ । विद्यालय र पत्रिका बीच आज भएको संयुक्त बैठकपछि यो निर्णय गरिएको हो ।
बिहान ठिक १० बजे आयोजना हुने कार्यक्रममा विद्यार्थीले तयार गरेको एच आई भि (एड्स) सम्बन्धी जानकारीमूलक सामग्रीको प्रयोग गरी प्रतिभा प्रस्तुत गर्नेछन् । बैठकले पाँच विद्यार्थीलाई प्रतिभा प्रस्तुत गर्नका लागि जिम्मेवारी दिइएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक सहभागी हुनेछन् ।
बैठकपछि प्रतिक्रिया दिदै विद्यालयका प्राचार्य घनश्याम पाठकले विश्व एड्स दिवसको सन्दर्भ पारी आयोजना गरिएको कार्यक्रम विद्यार्थी र शिक्षकका लागि फलदायी हुने बताए ।
स्थापनाको अवसरमा गरिने विभिन्न चरणको कार्यक्रम मध्ये एड्स सचेतना कार्यक्रम एक कार्यक्रम भएको र पत्रिकाको संयोजकत्वमा बुटवलमा पुस्तक संकलन अभियान पनि संचालन शुरु गरिएको पत्रिकाका संस्थापक सम्पादक कृष्ण मल्लले जानकारी दिए ।