– उमाकान्त पाण्डे गाउंले
दुबइमा आउदो शुक्रबार ०७ डिसेम्बरमा हुन लागेको बक्स फिल्म अवार्ड कार्यक्रम २०६९ को तयारी अन्तिम चरणमा पुगेको छ । साथै कार्यक्रममा सहभागी हुन कलाकारहरु आउने क्रम बडेको छ ।
२०६१ सालमा सिनेमा क्षेत्रमा प्रवेश गरेका नायक सुमन सिहं अहिले दुबइमा छन । बक्स फिल्म अवार्ड कार्यक्रमकालागी उनी दुबइ आएका हुन ।
उनले ९ बर्षको अन्तरालमा ७५ देखी ८० भन्दा बढी सिनेमा खेलीसकेका छन् । यसरी हेर्दा उनले वर्षमा १० वटा सिनेमा खेलेको देखिन्छ ।उनी सँग आज दुबइमा जम्का भेट भयो । अहिले उनी आयोजक समुह सँग दुबइमा कार्यरत नेपाली श्रमिकको “क्याम्प” सम्म पुगेका छन ।
उता कार्यक्रममा सहभागी हुन आज नै नायिका रेखा थापा र रेश्मा सुनुवार दुबइ आई पुगेका छन । उनीहरु भर्खरै मात्र विमानस्थलमा ओर्लेका छन ।सनहिल्स फिल्म प्रोडक्सन कम्पनीको आयोजनामा आउदो शुक्रबार दुबइको अल नासरल्यान्ड दुबइ करामामा हुने कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार यूएई आउने छन । बक्स फिल्म अवार्ड बाट बिभिन्न बिधामा कलाकारलाई सम्मान गरिने छ । कार्यक्रममा सहभागी हुन करीब ४२ जना कलाकार दुबइ आउँदै छन ।
उनीहरुसग गरिएको भलाकुसारीमा आधारित समाचार छिट्टै प्रकाशन गरिने छ प्रतिक्षा गर्नु होला ……