सप्तरीका सरकारी कार्यालयका डाक्टर निजी क्लिनिकमा व्यस्त हुन थालेपछि सेवाग्राहीलाई समस्या भएको छ । स्थानीय सगरमाथा अञ्चल अस्पताल राजविराजमा कार्यरत अधिकांश डाक्टरहरु अस्पतालमा समय नदिई आ आफनो निजि क्लिनिकमा बढी पैसा कमाउँने उदेश्यले दिनप्रतिदिन क्लिनिक मुखी बन्दै गएको आरोप सेवाग्राहीहरुको रहेको छ । अस्पतालमा कार्यरत डाक्टरहरुको ओपिडी समय बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म रहेपनि यहाँका अधिकांश डाक्टरहरु तोकिएको समयामा क्लिनिकमा नरहने गरेको पाइएको छ । सप्तरीको रम्पुरा मल्हनिया ४ बाट स्थानीय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार गराउँन आएका गंगाई पण्डितले अस्पतालमा चेकजाँचका गर्न गएका बेला डाक्टर नभेट्ने गरेको बताउनुभयो । सप्तरीको १ सय १४ गाविसका नागरिकका लागि सरकारी निकायबाट सगरमाथा अंचल अस्पताल राजविराजले उपचार गर्नु पर्ने दायित्व छ ।
Binod gaire