अन्तरास्ट्रिय बजारमा पहिलो नेपाली बक्स फिल्म अवार्ड दुबईमा

– उमाकान्त पाण्डे गाउंले / त्रिलोचन कोइराला
बक्स फिल्म अवार्ड २०६९ दुबइमा सम्पन्न भएको छ । पहिलो नेपाली बक्स फिल्म अवार्डलाई अन्तरास्ट्रिय स्तरमा सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा एक कार्यक्रमका बिच प्रदान गरिएको हो । बिभिन्न ३१ बिधामा प्रदान गरिएको बक्स फिल्म अवार्ड २०६९ बाट बिभिन्न कलाकार सम्मानित भएका हुन । कार्यक्रमलाई सन हिल्स फिल्म प्रोडक्सन दुबइ तथा बक्स अफिस क्लब नेपालको सहआयोजनामा दुबइ स्थित अलनासरल्यान्ड क्लबमा सम्पन्न गरिएको हो । 
बक्स फिल्म अवार्ड २०६९ दुबइमा सम्पन्न भएको छ । अन्तरास्ट्रिय बजारमा पहिलो पटक नेपाली बक्स फिल्म अवार्डलाई सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा एक कार्यक्रमका बिच बिभिन्न बिधामा प्रदान गरिएको छ । बिभिन्न ३१ बिधामा प्रदान गरिएको बक्स फिल्म २०६९ अवार्ड कार्यक्रमलाई सन हिल्स फिल्म प्रोडक्सन दुबइ तथा बक्स अफिस क्लब नेपालको सहआयोजनामा दुबइ स्थित अलनासरल्यान्ड क्लबमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा स्थानिय यूएईका नागरिकको समेत बाक्लो उपस्थिती थियो । भाषा बुझ्नमा कठिनाई भएपनि कलाकारको अभिनय र प्रस्तुतीले  आफुहरुलाई धेरै मनोरन्जन दिएको यूएई नागरिक अब्दुल रिदाले बताए। उनले भने “नेपाली प्रस्तुति धेरै राम्रो रहेछ,’नेपालीले यूएईमा यस्तो  प्रस्तुति देखाएकोमा हामी खुशी छौ , यूएईले पनि अब नेपालमा साझेदारी गरी यस्तै प्रस्तुति देखाउनु पर्छ”।
कार्यक्रममा स्थानिय क्षेत्रमा कार्यरत नेपाली पत्रकार, र नेपालबाट आएका विभिन्न संचारसस्थाका प्रतिनिधिको समेत उपस्थिती थियो । स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति देखाएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतिलाई निमेश गिरीले संचालन गरेका थिए भने दोस्रो चरणमा फिल्म अवार्ड वितरण कार्यक्रमलाई नेपालबाट आएका संचार कर्मी तथा टिलीफिल्म नायक नरेश भट्टराईले गरेका थिए । 
कार्यक्रममा लाइफ टाईम अचिपमेन्ट अवार्ड नायक शिव श्रेष्ठलाई प्रदान गरियो।
चलचित्र कसले चोर्यौ मेरो मनले सबै भन्दा धेरै बक्स फिल्म अवार्ड हात पार्यौ । जसमा सरोज पाण्डे (मेकअप),निच्चल श्रेष्ठ (कला),संगित श्रेष्ठ(ड्रेस डिजार्इन),दिपक लिम्बु (गायक),अन्जु पन्त(गायिका),ले अवार्ड हात पारे । त्यस्तै किरण खरेल(गीतकार),सुरेश अधिकारि(संगित),निर शाह(चरित्र अभीनय),समिर श्रेष्ठ(नव निर्देशक),छबिराज ओझा (निर्माता),रेखा थापा(नायिका),आर्यन सिग्देल(नायक) लाई बक्स अफिस फिल्म अवार्ड प्रदान गरियो ।
बाटो मुनिको फुलले उत्कृष्ट चलचित्र बस्क फिल्म अवार्ड पायो । जसमा गोपाल रसार्इली (पार्श्वव संगित),सुरन सुब्बा नाम्लो(निर्देशक),ले अवार्ड प्राप्त गरे ।
चलचित्र दशगजाबाट शिबम अधिकारि(सवांद),अबिनेत्रि सुभद्र अधिकारि(चरित्र),रोशन श्रेष्ठ(द्वन्द निर्देशक),नवल खड्का(कथा)ले उत्कृष्ट अवार्ड पाए । 
चलचित्र फस्ट लभ बाट फडिन्द्र रार्इ(ध्वनी),निशा अधिकारि(सह नायिका),ॠचा शर्मा(नव नायिका),कर्मा शाक्य (सह नायक)ले आ-आफ्नो बिधामा उत्कृष्ट अवार्ड चुमे । 
चलचित्र शाशन बाट बसन्त श्रेष्ठ (नृत्य निर्देशक),धिरेन शाक्य(खलपात्र),ले उत्कृष्ट अवार्ड प्राप्त गरे । त्यस्तै चलचित्र ब्याज नं १६ ले एउटा मात्रा अवार्ड पायो । चलचित्र शासनमा उत्कृष्ट छायाङकन गरेको भन्दै पुर्षत्तम प्रधान लाई अवार्ड दिईयो । 
त्यस्तै चलचित्र श्रिमान बाट बालकलाकार बिधामा बालकलाकार संगम विस्टले अवार्ड हात पारे । त्यस्तै चलचित्र मनमनै मन पराए बाट जयकृष्ण बस्नेतले हास्यकलाकारको उत्कृष्ट अवार्ड पाए ।
साथै बक्स अफिस पब्लिक च्वाइस अवार्ड बाट निर्देशक तुलसि घिमिरे,नायक राजेश हमाल , नायिका रेखा थापा ,चलचित्र फस्ट लभ, निर्माता   छबिराज ओझा, लाई सम्मान गरियो । त्यस्तै खलनायकमा खलनायक शुनिल थापा,गायिका इन्दिरा जोशि ,गायक राजेश पायल रार्इ,हास्यकलाकार दिपकराज गिरि ले अवार्ड पाए । 
बक्स अफिस स्पेशल अवार्ड निर्माता माधव वाग्ले,चलचित्र वितरक नरेन्द्र कायस्थ,पत्रकार डल्लु क्षेत्रि(राजधानी दैनिक),प्राविधिक बुद्दीलाल मगर, भिसिडि राइटर बिजय गोपाल दलि र डिजाइनर सुन्तराज बानियालाई प्रदान गरियो । 
बिशेष सम्मान