कांग्रेस नेता तामाङको १३ औ दिनको पुण्य तिथीको अवसरमा श्रदान्जली सभा गरिने

– उमाकान्त पाण्डे गाउंले  
युएई (दुबई), मंसिर २४- नेपाली कांग्रेसका जेष्ठ नेता भीम बहादुर तामाङको १३ दिनको पुण्य तिथीको अवसरमा यूएईमा श्रदान्जली सभा गरिने भएको छ । नेपाली कागेंसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसम्पर्क समिति यूएईले आउदो बिहीवार डिसेम्बर १३ बिहीवार दुबइमा श्रदान्जली सभाको आयोजना गर्ने जनाएको छ । 
तामाङको ७८ वर्षको उमेरमा गत डिसेम्बर १ मा निधन भएको खबरले यूएई प्रवासमा रहेका नेपाली पनि शोकमा परेको भन्दै आफुहरुलाई स्तव्ध तथा अत्यन्त मर्माहित बनाएकोले श्रदान्जली सभाको आयोजना गरिएको जनाईएको छ । 
बि.सं.२०१४ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर प्रजातान्त्रिक समाजवादको संघर्षमा सकृय रहेका नेता तामाङ नेपाली राजनैतिक घेरामा चरित्रवान तथा निष्ठाको राजनीति गर्ने सादा जीवन उच्च-विचारका धनी नेताको रुपमा चिनिन्थे । 
विपीको आदर्शबाट प्रेरित नेताको निधनले नेपाली कांग्रेसमा  निष्ठाको राजनीति गर्ने व्यक्तित्वको अभाब रहने नेपाली जन-संपर्क समिति यूएईको ठम्याइ छ । 
काग्रेंसले उच्च विचार र आदर्शका धनी श्रदेय नेता गुमाएर जुन क्षति व्यहोरेको छ, त्यसरी नै आदर्शवादी नेपाली राजनीतिज्ञले आदर्शवादी नेता गुमाउन पुगेका छन् भन्दै यो अपुरणीय क्षतिलाई आफ्नो जीवनमा वास्तविक रुपमा अनुशरण गर्न सके नेपाल र नेपाली जनताको समुन्नती र प्रगति निष्चित छ भन्दै नेपाली राजनीतिका पारखीहरुको सच्चा श्रदान्जलीको खाँचो रहेको समितिका महामन्त्री चन्द्र सारुमगरले उल्लेख गरे । 
नेपाली जनता तथा आम पार्टीका नेताले तामाङको जीवनलाई निष्ठागत राजनीतिको पाठशालाको रुपमा ग्रहण गर्न सके स्वर्गीय नेता तामाङ प्रतिको सच्चा श्रदान्जली ठहरिने समितिका उपाध्यक्ष खेमराज बस्नेतको दावी छ। 
दुःखद घडीमा दिवंगत आत्माको चिर-शान्तिको कामना गर्दै शोक संतव्ध परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्रदान होस भन्दै हार्दिक समवेदना 
प्रकट गर्दै नेपाली जनसंपर्क समिति युएइको आयोजनामा आउदो बिहीवार बेलुका ७ बजे बर दुबइमा रहेको एभरेष्ट होटेलमा हुने शोक सभामा उपस्थित हुन यहाँ स्थित सम्पूर्ण संघसस्थाका प्रतिनिधि, संचारकर्मी , व्यापारी , बुद्दिजीवी, तथा आम सम्पूर्ण नेपालीमा अनुरोध समेत गरिएको छ ।