– त्रिलोचन कोइराला – युएई,
नेकपा एमाले नेपालि काग्रेस, लगाएतका राजनितिक दल परित्याक गरेका नेता कार्यकर्ताको नव गठित संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन युएर्इमा गठन हुने भएको छ ।
नेकपा एमाले परित्याक गरेका नेता अशोक राइको संयोजनमा गत मङ्सिर ७ गते स्थापना भएको संघीय समाजबादी पार्टी नेपालको पहिलो प्रवास संगठन स्थापनाको लागि युएइको दुबाईमा मङ्सिर २९ ( डिसेम्बर १४ तारिक) एक भेलाको आयोजना गरेको छ ।
बर्गीय जातीय भाषिक सास्कृतिक धार्मिक लैंगिक लगाएतका बिभेद तथा उत्पिडनहरूबाट नेपाली समाजलाई समानुपातिक समाबेसी जनतालाई अत्याधिक शक्ति सम्पन बनाउन संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने भन्दै पहिलो प्रवास शाखा युएइमा स्थापना गर्न नेकपा एमाले परित्याक गरेका प्रवासी समाज युएइको निबर्तमान सल्लाकार भुवन राई, किरात राइ यायोख्खा युएइका अधक्क्ष उमेश राई ,तमु समाज युएइका अधक्क्ष डिआर गुरुङ , नेवा समाज युएइका संयोजक प्रमोद श्रेष्ठ ,मगर समाज युएइका महासचिब भारत रानामगर,तामाङ समाज युएइका उपाधक्क्ष रबिन लामा ,युवा समाजसेबी शिब गुरुङ लगाएतको सक्रियता बढेको छ ।
संघीय समाजबादी मन्च युएइको तदर्थ समिति निर्माण गर्न अग्रगामी समूह युएइको नाममा प्रचार निकाल्दै युएई प्रवासमा रहनु भएका आधिबासी, जनजाती, मधेसी ,मुस्लिम ,खस ,दलित तथा समानता र पहिचान सहितको संघीय संघिएताका पक्षधर सम्पूर्णलाई दुबाईको एभरेस्ट इन्टरनेशनल होटलमा दिनको २ बजे प्रचारमा निम्ताइएको छ ।